त्रिसिद्देश्वरि राप्ती यातायात प्रा.लिद्वारा १० लाखको दुर्घटना बिमा : उपचार खर्च ३ लाख देखि ५० हजार सम्म

शरद रेग्मी
दाङ,१३ साउन ।
त्रिसिद्देश्वरि राप्ती यातायात प्रा.लिद्वारा १० लाखको दुर्घटना बिमा लागु गरिसकेको छ । प्रा.लि भित्रका सबैको नाममा दुर्घटना बिमा गरिएको छ । मृत्यु भएमा दश लाख र घाईते भएको खण्डमा तिनलाख सम्मको दुर्घटना बिमा गरेर यातायात क्षेत्रमा काम गर्नेहरुलाई प्रोत्साहन र उनिहरुको जिवनको सुरक्षा गर्न बिमा योजना अगाडी ल्याईएको हो ।

प्रा.लिमा सञ्चालनमा आएका गाडि धनि,कर्मचारि र मजदुरहरु जो सुकैलाई उपचार खर्च समेत दिन सुरु गरेको प्रा.लिका अध्यक्ष शुरेस हमालले जानकारी दिनुभयो ।

उपचार खर्च ३ लाख देखि ५० हजार सम्म 
त्यसैगरि त्रिसिद्देश्वरि राप्ती यातायात सेवा प्रा.लिले आफ्ना मजदुर,कर्मचारि र ब्यबसायिहरुलाई उपचार खर्च बाफत (क्यान्सर र किडनिका बिरामिहरुलाई) ५० हजार उपलब्ध गराउने निर्णय गरेको प्रबन्ध निर्देशक पुस्कर धितालले जानकारी दिनुभयो ।


त्यसै गरि निरन्तर एक बर्ष सम्म गाडि चलाउने मजदुर र गाडि धनिहरुको निधन भएमा पनि प्रालिले २५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । चार दशक देखि दाङ जिल्लालाई मुख्य केन्द्र बनाएर देशभर यातायात सेवा प्रदान गर्दै आएको पुरानो राप्ती समिति रुपान्त्रण भएर त्रिसिद्देश्वरि यातायात प्रा.लिले आफ्ना यात्रुहरुको सुबिधालाई थप बलियो बनाउन भन्दै पाच लाख सम्मको बिमा समेत उपलब्ध गराईएको प्रा.लिका सचिब प्रकाश भट्टले बताउनु भयो ।