राप्ती गाउँपालिकाद्वारा हाडबासका अग्नी पिडितहरुलाई एक लाख बढीको राहत सामाग्री प्रदान

तुल बहादुर कवँर मगर 

देउखुरी, २८ वैशाख । दाङको राप्ती गाउँपालिकाले राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नी पिडितहरुलाई बिहीबार राहत सामाग्री प्रदान गरेको छ।

गाउँपालिकाले एक लाख बराबरको जस्तापाता र तीन हजार बराबरको तरकारी गाउँपालिकाकी उपाध्यक्ष धनपती यदव र वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीकाे राेहबरमा पिडीतहरुलाई प्रदान गरेको हाे।


राहात सामाग्री लिएर गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ,कार्यपालिका सदस्य रण बहादुर पुजाली लगायत पालिकाका कर्मचारीहरु हाडबास गाउँ पुग्नु भएको थियो ।

यसैबीच गढवा गाउँपालिकाले पनि साेही मुल्य बराबरको जस्तापाता प्रदान गरेको छ। उक्त गाउँमा गत वैशाख १६ गते आगलागी हुदा २६ घर मध्ये २३ घर जलेर नष्ट भएकाे थियो ।