देउखुरीमा बोलेरो  क्याप र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते

भालुवाङ, ६ भदौ ।
दाङको देउखुरीमा बोलेरो डबल क्याप र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

बिहिवार बेलुका ५ः३५ बजेको समयमा लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–४ मौरीघाटमा तुलसीपुरबाट बुटबल तर्फ जाँदै गरेको लु २ च ४७५० नम्बरको पेन्ट लोड गरेको बोलेरो डबल क्याप र बाटो क्रस गरिरहेको रा.४ प. ५३४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


दुर्घटनामा परि मोटरसाइकल चालक जिल्ला रुकुम मुसिकोट नगरपालिका–२ बस्ने बर्ष ३० को दलबहादुर खड्का र मोटरसाइकल पछाडी बसेका जिल्ला रुपन्देही बुटबल उपमहानगरपालिका– १६ घर भई यातयात व्यवस्था कार्यालय बुटवलमा छैंटो तहमा कार्यरत बर्ष ५६ का खगराज उपाध्याय घाइते भएका छन् ।

घाइते मध्ये उपाध्यायको अवस्था गम्भीर रहेको छ । उनको निधार र शरिरमा गहिरो चोट लागेको छ भने खड्काको हात र ढाडमा चोट लागेको छ । घाईते मध्ये उपाध्यायको स्वास्थ्य चौकी सिसहनियामा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले बताएको छ । बोलेरो डबल क्याप घटनास्थलमानै सडक छेउमा पल्टिएको थियो । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएको छ ।