होटल व्यवसायी समिति दाङको अध्यक्षमा पुन

घोराही
३२ साउन / दाङ देउखुरी होटल व्यवसायी समितिको अध्यक्षमा दीपेन्द्र पुन चयन भएका छन् ।

समितिको २१ औं साधारणसभा तथा १० औं अधिवेशनले पुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा इश्वर बुढा, उपाध्यक्ष मोहन केसी, महासचिव टिकाराम भुसाल, सचिव श्यामकुमार विक र कोषाध्यक्षमा खड्कसिंह पुन चयन भएका हुन् ।

समितिको सदस्यहरुमा कमल बेल्वासे, डोरबहादुर खत्री, प्रदीप बुढा, चन्द्रबहादुर पुन, लंकबहादुर बुढा, भुवानन्द वञ्जाडे, शेरबहादु पुन मगर र पदम न्यौपाने रहेका छन् ।समितिको विधान अनुसार निवर्तमान अध्यक्ष रुद्रबहादुर डाँगी पनि कार्यसमितिमा रहेका छन् ।


समितिको पहिलो बैठकले सबै होटल व्यवसायीसँग अहिलेको समस्या, व्यवसायीका चुनौति र अबको बाटोका विषयमा छलफल गर्न तथा परिचयात्मक कार्यक्रमका लागि घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यही भदौ ७ गतेबाट घरदैलो अभियान शुरु हुने समितिका वरिष्ठ उपाध्यक्ष इश्वर बुढाले जानकारी दिए ।

त्यसैगरी यही महिना भित्रै सबै सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग पनि परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरिएको बुढाले जानकारी दिए ।