बबई गाउँपालिका–२ मा कांग्रेसको प्यानल बिजयी

सुशीला घर्तीमगर
दाङ,१ जेठ ।

स्थानीय तह निर्वाचन मत परिणाम आउने क्रम जारी रहेको छ । यसैक्रममा दाङको बबई गाउँपालिका वडा नं. २ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ ।

वडा नं. २ को वडाध्यक्षमा  कांग्रेसका टेकबहादुर वलीले ९१३ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका एकलाल घर्तीले ६६६ मत पाए ल्याएर पराजित भएका हुन ।


त्यसैगरी खुल्ला सदस्यमा हरिबहादुर वली र टिकाराम खत्रीले जितेका छन् भने महिला सदस्यमा प्रेमा डाँगी, दलित महिला सदस्यमा गिता परियार विजयी भएका छन् ।

बबई गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि नेपाली कांग्रेसका कुलबहादुर खत्री र बमकुकारी खड्काको अग्रता छ। कांग्रेसलाई प्रमुखमा नेकपा एमालेका निवर्तमान अध्यक्ष भुवनेश्वर पौडेल र उपप्रमुखमा एमालेकै निवर्तमान उपाध्यक्ष सावित्रा विश्वकर्माले पछ्याइरहेका छन्।