
काठमाडौँ , १४ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकताका लागि सहमति जुटेको छ ।
कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा सम्पन्न वार्तापछि एकतामा सहमति बनेको हो ।
दुवै पक्षबीच भएको समझदारीअनुसार एकतासम्बन्धी सहमतिपत्रको मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
वार्तामा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ सहभागी थिए।



लाइभदाङ । १४ पुष २०८२, सोमबार २०:४० बजे