वाईसियल तुलसीपुर ९ को अध्यक्षमा डाँगी

तुलसीपुर
३२ साउन / नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र ) को युवा संगठन योग कम्युनिष्ट लिग(वाईसियल) तुलसीपुर ९ को भेला भएको छ ।

भेलाले तिलक डाँगीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन गरेको छ । वाईसिल दाङका उपाध्यक्ष हेबेन्द्र शाहीको बिशेष सहभागितामा भेला भएको हो ।


माओवादी केन्द्र दाङका जिल्ला कमिटि सदस्य यज्ञबहादुर केसीको प्रमुख आतिथ्यमा भएको भेलामा नेता माधव बुढाथोकी, माओवादी केन्द्र तुलसीपुर ९ का नेता मदन हमाल, पार्टीका वडा सचिब दुर्गा शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

बक्ताहरुले पार्टीलाई अगाडी बढाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । अहिले जिल्लामा पार्टी र भातृसंगठनको विस्तार अभियान चलिरहेको छ ।