चुनढुंगा उत्खनन्मा गम्भीर बनौं

दाङको तुलसीपुर ३ मा पर्ने पहाड दोहन गर्ने प्रक्रिया अघि बढेको छ । अहिले त्यो बन कार्यालयमा फाइल पुगेको छ । बन कार्यालयले आईईईकालागि प्रक्रिया अगाडी बढाइरहेको छ । तुलसीपुरकै सुनगाभा माइन्स प्रालिले चुनढुंगा उत्खनन् गर्ने भनि विगत लामो समयदेखि प्रक्रिया थालिरहेको छ । अहिले तुलसीपुर खानेपानीले त्यो कुरा थाहा पाएपछि विरोध गरिरहेको छ । कहिल्यै काठमाडौं धाउछ त, कहिल्यै नगरपालिका धाउने गरेको छ । स्थानीय बन समूहले पनि चुनढुंगा उत्खनन् कार्य गर्न नदिने भनि निर्णय नै गरेको छ ।

चुनढुंगा पानीको स्रोत हो । तुलसीपुर बजारमा अहिले जति पानी आपूर्ति भएको छ, त्यो त्यही पहाडका मुहानबाट आएको पानी हो । त्यहाँको चुनढुंगा उत्खनन् भएमा त्यहाँका खानेपानीका मुहान सुक्छन्, र तुलसीपुर खानेपानीले काकाकूल हुन्छ । त्यसैले पनि त्यहाँ उत्खनन् कार्यलाई रोक्नु पर्छ । खासमा अहिले तुलसीपुर खानेपानी र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले चासो देखाएको देखिन्छ । सञ्चार माध्यामहरुले पनि त्यहाँको उत्खनन्लाई रोक्ने विषयमा जोडतोडले कलम चलाएको देखिन्छ । त्यो बाहेक यस क्षेत्रका अन्य निकायका ब्यक्तीहरुले पनि चासो देखाउनु पर्ने हो, त्यति चासो देखाउन सकेको अबस्था छैन । उत्खनन् गर्नकालागि अनुमति लिन खोजेको सुनगाभा माइन्स प्रालि कसले चलाएको त्यो पत्ता लगाएर, तुलसीपुरको खानेपानीका विषयमा छलफल गर्नतर्फ पनि एउटा समूह सक्रिय हुनुपर्छ ।


यो कार्यमा सबै भन्दा चनाखो हुने भनेको स्थानीय सरकार र त्यस क्षेत्रका बासिन्दा हुन् । ठूलो ‘भोल्युम’मा काम गर्न खोज्नेहरु शक्ति केन्द्रको पहुँचमा हुन्छन् । उनीहरुले स्थानीय जनतालाई आर्थिक तथा अन्य प्रलोभनमा पारेर किन्न सक्छन् । त्यो प्रलोभन यहाँका जनप्रतिनिधिहरुलाई पनि पार्न सक्छन् । किनभने यस्ता थुप्रै उदाहरणहरु हामी माझ भएकाले जनप्रतिनिधिहरुमा पनि शंका नहुुनु पर्ने कारण छैन् । तर, पनि तुलसीपुरको भबिष्य चाहाने हरेक ब्यक्ती जनतालाई प्रत्येक्ष रुपमा नकारात्मक असर पार्ने यो विषयमा चनाखो हुनुपर्छ । आईईईलगायतका अन्य प्रक्रियाहरुमा स्थानीय सरकारको ठूलो हात हुन्छ । त्यसैले स्थानीय जनप्रतिनिधिहरु कुनै पनि प्रलोभनमा नपरी यो कार्यलाई असफल बनाउनकालागि अह्म भूमिका खेल्नु हुनेछ, भन्ने अपेक्षा गरिएको छ । साभारः अग्रिम साप्ताहिक 

May be an image of 1 person and text that says 'अगिम www.livedang.com विचार/ विविध सम्पादकीय... 18. 2022 ) 'श्रीलंका' चुनदुगा उत्खनन्मा गम्भीर बनौं दाडको तुलसीपुर पहाड दोहन अहिले त्यो बन गाडी कार्यालयमा आईईईकालागि तुलसीपुरकै सुदर्शनसतिवडा थालिरहेको खानेपानीले ाएपछि विरोध गरिरहेको धाउछ स्थानीय गन धाउने गरेको समहले निर्णय गरेको चुनदुंगा पानीको आपूर्ति मुहानबाट त्यहाँको चुनदुंगा उत्खनन् खानेपानीका विषयमा जोडतोडले बाहेक चासो निकायका यति चासो खोजेको सुनगाभा समह कार्यमा सबै भन्दा चनाखो हुन्छन् खोज्नेहरू शक्ति स्थानीय पारेर यहाँका किनभने जनप्रतिनिधिहरुमा व्यक्ती शंका भविष्य चाहाने प्रत्येक्ष रूपमा असर आईईईलगायतका अन्य प्रत्रियाहरुमा गर्भवती महिलाको लागि स्वस्थकर खाजा विहान कार्यलाई असफल बनाउनकालागि अहम अपेक्षा गरिएको'