चाडकीवाज

कुनै पनि ब्यक्तिलाई उसको मर्यादा, क्षमता र आवश्यकता भन्दा बढि ‘स्पेश’दिदा त्यसले ढिलो चाँडो घातक असर गर्छ । समाजमा मापन भनेको मर्यादा, क्षमता र आवश्यकता अनुसार नै हुन्छ । तर, अस्वभाविक महत्व दिदा टाउकोमा टेक्ने र टाउकोमा टेक्न नपाए त्यसले पुनः आफै प्रति प्रहार गर्ने प्रबृति अहिले हावी नै छ । यो भनेको अहिलेको चाकडीबाज, अस्वभाविक रुपमा कुनै पनि ब्यक्तिलाई आवश्यकता भन्दा बढि महत्व दिने प्रबृति नै हो । समाज अराजकतामा गएको छ । अराजक समाजको अहिलेको प्रबृति यही हो । जहाँ आफ्नो भमिका निर्वाह भन्दा बढि चाकडी हुन्छ । आफ्नो जिम्मेवारी, भूमिकाको खासै चासो हुँदैन । त्यसपछि हरेक तप्काले पनि चाकडीलाई नै बढि प्राथमिकता दिन्छ, किनकी समाज अराजकतामा छ ।

अराजक र अस्वभाविक समाजमा त्यसले निर्वाह गर्ने जिम्मेवारी भन्दा पनि चाकडीपनलाई बढि प्राथमिकता दिईन्छ । अहिलेको समाज यही हो । जसले गर्दा समाज गलत दिशामा अघि बढिरहेको छ । त्यति मात्रै होईन्, कुनै पनि ब्यक्तीले अस्वभाविक रुपमा जसको चाकडी गरिरहेको छ, त्यसबाट जति फाईदा लिनु पर्ने हो, त्यति फाइदा लिन नपाउँदा अस्वभाविक रुपमै असन्तुष्टि हुन्छ । त्यसको असन्तुष्टिको कुनै कारण हुँदैन । जब मान्छे, कुसैसंग सामान्य कुरामा पनि असन्तुष्ट हुन्छ त्यसपछि, उ उसबाट स्वार्थ लिन पाईरहेको छैन, भन्ने कुरा बुझ्न आवश्यक छ ।


स्वार्थ हरेक ब्यक्तीमा हुन्छ, तर, त्यो स्वास्थ्र्य सामूहिकतामा हुनुपर्छ । सामाजिक हित र सामूहिक हितकालागि भयो भने त्यसले दिर्घकालिन रुपमा सकारात्मक प्रभाब पारिरहेको हुन्छ । तर, जुन ब्यक्ती आफ्नो ब्यक्तीगत स्वार्थलाई बढि प्राथमिकता दिन्छ, त्यो ब्यक्ती घातक हुन्छ । अहिलेको समाज यसमै बढि लिप्त छ । यसले समाजलाई गलत मार्गमा लिइरहेको छ । त्यसैले कुनै पनि ब्यक्ती कुनै शक्ति वा पहुँचका नजिक आउँदैमा त्यो ब्यक्ती आफ्नै भइहाल्दैन । जुन कुनै ब्यक्ती एजेण्डा, समय, परिस्थिति अनुसार जोडिन्छ, भने त्यो ब्यक्ती त्यो एजेण्डामा कटिबद्ध रहिरन्छ, र त्यो ब्यक्ती कुनै पनि ब्यक्तीको नजिक नआएपनि अन्तिमसम्म पनि समर्थन र सहयोग गरिरहन्छ । किनकी उ त्यो एजेण्डा पूरा नहुँदासम्म आफ्नो कर्तब्यमा लागिरहन्छ । यस्तो कुरा शक्ति र पहुँचमा भएका ब्यक्तीले ख्याल गर्नुपर्छ, अनि मात्रै सभ्य समाज निर्माण हुन सक्छ । साभारः अग्रिम साप्ताहिक