दाङमा अबैद्य रुपमा खसीबाख्रा ओसारपसार गर्ने दुईजना पक्राउ

दाङ
३१ साउन / दाङमा अबैद्य रुपमा बाख्रा ओसारपसार गरिरहेको अबस्थामा दुईजनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर गढवा गाउपालिका वडा नं.६ मा भन्सार छलि पैठारी गरी खसी,बाख्रा भारतबाट नेपाल ल्याउदै गरेको अबस्थमा पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं.१ बनबारे निवासी अन्दाजी ५३ बर्षीय भोजमान बुढामगर र सोही ठाउँका अन्दाजी २४ बर्षीय बिजय बुढामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

साथै उनीहरुको साथबाट अन्दाजी दुई लाख सहत्तरी हजारबराबरका नौं वटा खसीसमेत बरामद गरिएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।