मौसम : केहि स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, ३० असार ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा र वागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा र हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ लगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै विभागले वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउन आग्रह गरेको छ ।