‘आफैले लगाएको फुलीमा समेत महिलाको अधिकार हुँदैन’

तुलसीपुर,१६ चैत ।
महिलाहरुले आफैले लगाएको फुलीमा समेत अधिकार हुँदैन । आफूलाई काम प¥यो भने बेचौँं भनेपनि श्रीमानलाई सोध्नु पर्छ । अहिले श्रीमतीको नाममा जग्गा दर्ता गर्दा राजश्वमा छुट हुन्छ, भनेर मात्रै जग्गाको स्वामित्व महिलाको नाममा हुन्छ । तर, त्यसमा पनि महिलाको पूर्ण अधिकार हुँदैन । सबै कुरा पुरुषको अधिनमा हुन्छ । अझै पुरुषहरु नै हावी हुने अबस्था छ ।

त्यसलाई चिर्ण आबश्य रहेको तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो । उनले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित सम्झना टोलका महिलाहरुलाई कानुनी सचेतना प्रदान गर्दै यस्तो बताए । उनले महिलाहरु अझै पनि सचेत नहुँदा यसरी समाजमा दविएर बस्नु पर्ने अबस्था रहेको बताईन् । समाजमा पनि अझै पनि महिलाहरु चुलोचौकोमै सीमित हुनु परेको भन्दै यसबाट बाहिर निस्किन आबश्यक रहेको बताए । तुलसीपुर नगर जेसिजले आईतबार टोलका सबै महिलाहरुलाई ‘महिलामाथि हुने सबै खाले हिंसा र कानुनी उपचार’कालागि ‘महिला शसक्तिकरण एवं कानुनी सचेतना कार्यक्रम’ मा उनले यस्तो बताए ।


महिलाहरु हिंसामा पर्ने गरेको भएपनि कानुनी ढोकासम्म पुग्न नसकेको भन्दै सचेत बनाउनकालागि यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष कमलप्रकाश शर्माले बताए ।“महिलाहरु अझै पनि हिंसा खेप्नु परेको छ, कानुनको ढोकासम्म पुग्न सकेको अबस्था छैन”,उनले भने “त्यसैले पनि सचेत बनाउन यो कार्यक्रम गरेका हौं ।”

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले गाउँ–गाउँमा महिलाहरुलाई कानुनी शिक्षा दिइरहेको बताए । पिछडिएका वडाहरुमा यस्ता कार्यक्रम आबश्यक रहेको उनको भनाई थियो । त्यस अवसरमा प्रशिक्षक बरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठ, पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले काुननी शिक्षाका बारेमा ज्ञान दिएका थिए । कार्यक्रमको सहजीकरण महासचिब शुसान्त सापकोटाले गरेका थिए ।