सहिद पुत्र सन्दिप पुन प्रलोपा विद्यार्थी सङ्गठनको संयोजक चयन

दाङ, ०८ पौष ।
माओवादी युद्धका सहिद पुत्र सन्दिप पुन प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को विद्यार्थी सङ्गठनको संयोजकमा चयन भएका छ

प्रगतिशील लोकतान्त्रिक पार्टीको पुस १ र २ गते सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय अनुसार पुनलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रलोपाका अनुसार पुनको नेतृत्वमा विद्यार्थी आन्दोलन, लोकतान्त्रिक मूल्य–मान्यता र प्रगतिशील विचारधारालाई थप सशक्त बनाउँदै सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याइने विश्वास व्यक्त गरिएको छ ।


साथै जेनजी विद्रोहपछि स्थापित हुने पहिलो विद्यार्थी सङ्गठन भएकाले यसको भूमिका आगामी दिनमा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ

रुकुम पूर्वका पुन जनयुद्धका सहिद सुन्दर र बृक्षाका सुपुत्र हुन् । नेपालको राजनीतिक तथा विद्यार्थी आन्दोलनको इतिहासमा पहिलो पटक सहिदका सुपुत्रले विद्यार्थी सङ्गठनको नेतृत्व तहमा जिम्मेवारी पाएका प्रलोपाले दाबी गरेको छ ।