स्वावलम्बनको वित्तीय साक्षरता : एउटा भन्दा बढि लघुवित्तमा आबद्ध नहुनुस्

तुलसीपुर
२४ साउन / स्वावलम्बन लघुवित्त वित्तीय संस्था तुलसीपुर शाखाले सदस्य तथा अभिभावकहरुसंग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । शुक्रबार तुलसीपुरमा भएको कार्यक्रममा बक्ताहरुले एक भन्दा बढि लघुवित्तमा आबद्ध नहुन सदस्यहरुलाई आह्वान गरेका थिए ।

अब सफ्टवेरबाट एक भन्दा बढि लघुवित्तमा आबद्ध हुनेहरुको नाम थाहा हुने र उनीहरुलाई सेवा सुविधाबाट बञ्चित गर्न सकिने भन्दै त्यमा ध्यान दिन आग्रह गरिएको हो ।

धेरै लघुवित्तमा बस्नु भन्दा एउटैमा इमान्दारीपूर्वक लागेमा त्यसले फाइदा पु¥याउने उनीहरुको भनाई थियो । बैंकका शाखा प्रबन्धक चन्द्रबहादुर थापाको अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस अवसरमा प्रमुख अतिथि चौधरीले लघुवित्तले गरीवि निवारणमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै इमान्दारी पूर्वक लघुवित्तले भूमिका निर्वाध गरे मुलुक समृद्धिको मार्गमा अघि बढ्ने समेत बताए । अहिले गाउँ–गाउँमा लघुवित्तले गर्दा नै स्वरोजगार सिर्जना भएको समेत बताए ।

कार्यक्रममा संस्थाका घोराही इलाका प्रबन्धक दिपक महत, राजेन्द्र थापालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा तुलसीपुर शाखा प्रबन्धक थापाले प्रशिक्षण दिएका थिए । संस्थाका सहायक प्रबन्धक पुनित कुमार शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा उत्कृष्ट तीन वटा केन्द्रलाई नगद तथा पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै गएको बर्षको एसइइको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने संस्थाकी सदस्य भूमिका कुमारी लामिछानेकी चोरी झरणा पाण्डेलाई दश हजार छात्रबृति, उत्कृष्ट बचतकर्ता नुमकुमारी कामी, सफल ब्यबसायी कमला विकलाई सम्मान गरिएको थियो ।

त्यस्तै संस्थालाई योग्दान गरेको भन्दै मनकुमारी खरेल, शान्ता पुन,कमला थापा, विपति विक,लक्ष्मी गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै साउनी चौधरी, मायासरी गुरुङ,रुपा कुमारी सुनार, केतुदेवी सुनारलाई सम्मान गरिएको थियो । त्यस्तै कर्जाको विमा वापतको रकम समेत प्रदान गरिएको थियो । चित्रकुमारी गुरुङ, निमा खत्री, कविता बस्नेत, राजकुमारी चौधरी र शारदा गिरीलाई उक्त रकम प्रदान गरिएको हो । कार्यक्रमको सहजीकरण संस्थाका केशवराज मरासिनीले गरेका थिए ।