विद्यार्थीलाई नैतिक शिक्षा सिकाउँदै हाम्रो पहुँच मावि

तुलसीपुर, १७ असार ।

बालबालिकालाई विभिन्न गलत क्रियाकलापबाट जोगाउन हाम्रो पहुँच माध्यमिक विद्यालयले विद्यार्थीलार्ई लागुऔषधि दुव्र्यसन, साइबर अपराध र बालबालिकको असरबारे प्रशिक्षण गरेको छ । तुलसीपुर–७ मा रहेको विद्यालयले कक्षा ९ र १० का विद्यार्थीहरुलाई लागुऔषधको दुव्र्यसनले पु¥याउने दिर्घकालिन असर, साइबर क्राइम रोक्न सामाजिक संजालतको गलत प्रयोग र बालविवाह न्युनिकरणबारे प्रशिक्षण गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले प्रशिक्षण दिनुहुँदै लागुऔषध दुव्र्यसनी, बालविवाह र साइबर अपराधलाई कानुनले बन्देज गरेकाले यसबाट विद्यार्थीमात्र नभई सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बढ्दो सुचना प्रविधिको विकास संगै बालबालिका विभिन्न कुलतमा लाग्न थालेकाले अभिभावक र शिक्षक दुवैको निगरानी आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय अपराधका घटना बढ्दै जानुले पनि लागुऔषधि दुव्र्यसनको असार भएको बताउनुभयो ।


विद्यालयले विद्यालय शिक्षासंगै बालबालिकालाई गलत कामबाट जोगाउन नैतिक शिक्षाबारे प्रशिक्षण गरेको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिनुभयो । उहाँले असल बालबालिका निर्माणमा विद्यालय सधैँ जागा रहेको बताउँदै अभिभावक पनि चनाखो हुनुपर्ने बताउनुभयो । भोलिको सुन्दर समाज निर्माणका लागि आजका बालबालिका नैतिकवान हुन आवश्यक रहेको उहाँको भनाई छ ।

विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखतबहादुर शाहीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको हो । कल्यानकारिणी अधिकृत तिलक कालाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।