गणेश आचार्यलाई चार दिन म्याद थप गरि अनुसन्धान

काठमाडौं, २४ असार ।

प्रेस चौतारी दाङका इञ्चार्ज गणेश आचार्यलाई चार दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ । एक महिलाले बिहीबार अभद्र ब्यबहार गरेको भन्दै प्रहरी बृत स्वयंभुमा उजुरी दिएपछि आचार्यलाई पक्राउ गर्नु परेको बृतका प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए । स्रोतका अनुसार उजुरी दिने महिला सशस्त्र प्रहरीको दर्जा बिहिन रुपमा कार्यरत कार्यालय सहयोगी महिला हुन । उनी खेलाडी समेत रहेकी छिन् ।


‘बिगत लामो समयदेखि पत्रकार आचार्यले आँफुमाथि अभद्र ब्यबहार गर्दै आएको भन्ने कुरा पीडितको जाहेरीमा उल्लेख छ,’ थापाले भने ‘ त्यही जाहेरीका आधारमा आचार्यलाई पक्राउ गर्नु परेको हो ।’ शुक्रबार पत्रकार आचार्यलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । विहीबार दिउसो आचार्य पक्राउ परेका हुन् ।