सगरमाथा बालबाटिकामा निर्वाचनबाटै नेतृत्व छनौट

दाङ, १८ जेठ । सगरमाथा बालबाटिका इंगलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीले सगरमाथा चाइल्ड क्लब र सगरमाथा क्वालिटी सर्कल (सिक्यूसी) को नेतृत्व निर्वाचनबाट छनौट गरेका छन् ।

तुलसीपुर -९, बेलुवामा रहेको विद्यालयले विद्यार्थीको व्यक्तित्व, नेतृत्व विकासको साथै क्षमता अभिवृद्धि र प्रजातान्त्रिक प्रणालीबारे जानकारी दिन निर्वाचन गरेको हो ।

विद्यार्थीलाई प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व छनौट गर्ने कुराको विकास गराउन निर्वाचन गरिएको निर्वाचन अधिकृत केशर सिं बुढाथोकीले बताए ।

शुक्रबार बिहान ७ बजेबाट सुरू भएको निवार्चनमा मतदाता विद्यार्थीको सक्रिय सहभागिता रहेको मतदान अधिकृत शरद शर्मा मज्गैँयाले बताए। निर्वाचन शान्तिपूणर्रुपमा भएको अर्का मतदान अधिकृत ठाकुर डाँगीले बताए।


निर्वाचनबाट सगरमाथा चाइल्ड क्लबको अध्यक्षमा सम्राट चौधरी बिजयी भएका छन्छ ।  क्लबको उपाध्यक्षमा महेश वली, सचिवमा श्रृष्टि बस्याल, कोषाध्यक्षमा अनु रसाईली, महिला सदस्यमा विन्दु खनाल, खुल्ला सदस्यमा प्रीन्सेस गुरूङ र अनिस्का डाँगी बिजयी भएका छन् ।

सगरमाथा क्वालिटी सर्कल (सिक्यूसी) को अध्यक्षमा अमित नेपाल निर्वाचित भएका छन्छ ।  सर्कलको उपाध्यक्षमा गौरव भुषाल, सचिवमा मिसन केसी, कोषाध्यक्षमा भुवन वली, महिला सदस्यमा मनिसा वली, खुल्ला सदस्यमा अञ्जली विक र शैलेस केसी बिजयी भएका छन् ।

विद्यालयस्तरबाटै विद्यार्थीलाई सफल नेतृत्व चयन गर्न सकेमात्र सभ्य र पारदर्शी समाजको निर्माण हुन सक्ने विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बताए। उनले विद्यार्थीलाई व्यावहारीक ज्ञानमा जोड दिदै प्रजातान्त्रिक अभ्यासले आफूमा सफल नागरिक छनोट गर्न सक्ने, उचित निणर्य लिनुको साथसाथै पढाईमा सहयोग पुग्ने बताए ।