युवा संघ नेपाल, दाङले भ्रष्टाचार विरुद्ध भण्डाफोर गर्ने

तुलसीपुर
२३ असार / युवा संघ नेपाल, दाङ जिल्ला कमिटिले स्थनीय तहमा भइरहेको भ्रष्टाचार र बेथिति विरुद्ध भण्डाफोर गर्ने भएको छ । संघका अध्यक्ष हरिश गिरीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिब भागवत विस्वासीको प्रमुख आतिथ्यमा बुधबार बसेको जिल्ला सचिबालय कमिटिको बैठकले यस्तो निर्णय गरेको हो । चार महिनासम्म संघले यस्तो अभियान चलाउने भएको छ ।

साथै संघले महिनामा दुई दिन ‘समाजकालागि’ भन्ने मुल नाराकासाथ सामाजिक कार्य गर्ने भएको छ । त्यस्तै संगठन विस्तार कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडि भएको छ । त्यसकालागि पालिकामा जिम्मेवारी समेत तोकिएको छ ।


जसमा बबइ गाउँपालिकामा साजित मिया, शान्तिनगरमा आनन्द बुढाथोकी, दंगिशरणमा मनोज बिक, तुलसीपुरमा महेश नेपाली, घोराहीमा जुद्ध गिरी,लमहीमा हुर्मत गिरी, गढवामा गोविन्द रोका,राप्तीमा शिशिर पुन र राजपुरमा किसन भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

उनीहरुले सम्बन्धित पालिकामा संगठन विस्तार कार्यक्रमलाई तिव्रता दिने र अन्य कार्यक्रमलाई प्रभाबकारी बनाउन भूमिका खेल्नेछन् ।

संघका यी कार्यक्रम प्रभाबकारी बनाउनकालागि जिल्ला संयोजकमा जिल्ला अध्यक्ष हरिश गिरीलाई तोकिएको छ, भने इन्चार्जमा हरिकला बाठामगरलाई चयन गरिएको छ ।