एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै 

तुलसीपुुर, ६ कात्तिक ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र(ओसीएमसी)बाट सेवा लिने बढेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा १३१ जनाले सेवा लिएकोमा गएको आर्थिक वर्ष २०८०/०८१ मा १६८ जनाले सेवा लिएको बरिष्ठ अस्पताल नर्सिङ निरीक्षक डिला भुषालले बताईन् ।

केन्द्रमा लैगिक हिंसा प्रभावित महिला तथा बालबालिकाहरूलाई एकीकृत रूपमा स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण गर्ने कार्य गर्दछ । त्यस्तै अल्पकालिन आश्रय,कानुनी उपचार, आवश्यकता अनुसार सुरक्षा व्यवस्था र परिवार तथा समुदायमा पुनस्र्थापना एवं जिविकोपार्जनमा सहयोग गर्ने भुषालले बताईन् ।

उनका अनुसार सबै भन्दा धेरै १९ देखि ४९ वर्ष उमेर समूहका धेरैलाई सेवा गरिएको छ । गएको आर्थिक वर्षमा मात्रै ८७ जना त्यस्ता व्यक्तीलाई सेवा गरिएको छ । त्यस्तै १० वर्ष भित्रका ८ जना, ११ देखि १४ वर्ष भित्रका २४ जना, १५ देखि १८ वर्ष भित्रका ३२ जना, ५० देखि ५९ वर्ष भित्रका ७ जना तथा ६० वर्ष भन्दा माथिका १५ जनालाई त्यस्तो सेवा प्रदान गरिएको छ ।

सबै भन्दा बढि बलात्कारको सिकार भएका महिलाहरूको सेवा गरिएको छ । बलात्कारमा परेका ७६ जना, यौन दुव्र्यवहारका १४ जना, शारिरीक आक्रमण ६३ जना, भावनात्मक र मानसिक आक्रमण ७०, बाल विवाह ७ रहेका छन् ।


सोही केन्द्रबाट प्रभावितहरू मध्ये एकसय ६८ जनालाई शारिरीक तथा मानसिक स्वास्थ्य परीक्षण, १२ जनाको सुरक्षित गर्भपतन, १५३ जनाको मनोसामाजिक परामर्श सेवा, मेडिको कानुनी सेवा ९४ जना, एचआईभी परीक्षण तथा परामर्श १२०, आकस्मिक गर्भनिरोधक सेवा २२ जना र प्रेषण सेवा ११ जनालाई प्रदान गरिएको छ ।  सेवा लिनेहरूमा दाङका १३५ जना, सल्यानका १४ जना, रोल्पाका १५ जना, रुकुमपूर्वका २ र रुकुम पश्चिमका १ जना रहेका छन् । साभारः अग्रिम साप्ताहिक