खेलमैदानालागि घर हटाउन तयार भए स्थानीय

दाङ
२६ फागुन / सरकारी जग्गालाई कब्जा गर्ने र नछोड्ने प्रबृतिले धेरै ठाउँमा विकास निर्माणका काम रोकिएका छन् । थप विकास हुन सकिरहेको अबस्था हुँदैन । तर, विकासकालागि घरबास नै छोड्न सक्नु पर्छ, भन्ने एउटा उदाहरण बनेका छन्, तुलसीपुरका दुई परिवार । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा निर्माण हुन लागेको खेल मैदानकालागि त्यहाँका दुई घरले आफ्नो घरबास नै छोड्ने बताएका छन् । वडाको गौरीडाँडाको खेल मैदानका त्यही नजिक ऐलानीमा बस्दै आएका सर्मिला नेपाली र कैलास नेपालीले घर स्तान्तरण गर्ने मौखिक सहमति गरिसकेका छन् ।

अब कानुनी प्रक्रिया पु¥याएर उनीहरुलाई स्तान्तरण गर्ने वडाध्यक्ष नबराज लामिछानेले बताए । ‘छोड्ने मौखिक सहमति भइसकेको छ, अब कानुनी प्रक्रिया पु¥याएर हामीले उनीहरुलाई स्तान्तरण गर्ने हो’,उनले भने “त्यसकालागि खेल मैदान निर्माण भइरहेको छ, ति घरहरुको क्षेत्र माथि माथिसम्मको क्षेत्रमा हामीले मैदान निर्माण गर्नुपर्ने हुन्छ, त्यसैले घरहरु हटाउनैपर्छ ।’

स्थानीयहरु पनि विकासकालागि घर हटाउन तयार भएको बताएका छन् । आफूहरुले विकास निर्माणकालागि घर हटाउन तयार भएको सर्मिला नेपालीले बताए ।‘अर्को ठाउ घरको व्यबस्थापन गर्ने भन्नु भएको छ, अहिले हामीसंग १० धुर जग्गा छ’,उनले भने‘यहाँबाट हटाएर अर्को ठाउँमा दिने भएपछि हामीले यो ठाउँबाट छोड्न तयार भएका हौं ।’ मैदान निर्माणदेखि उत्तर तिर रहेका दुईवटा घर हटाएर मैदान निर्माण गर्न लागिएको र पश्चिम दक्षिण तर्फ रहेका दुईवटा घरहरु पनि हटाउन सकिने गरि सहमति गरेको वडाध्यक्ष लामिछानेले बताउ । ‘अहिले हामीले दुईवटा घर हटाउने तयारी गरेका छौंं, अब अन्य दुईवटा घरहरु पनि हटाउनु पर्ने अबस्थामा ति घरहरु पनि हटाउने एउटा समझदारी बनेको छ’,उनले भने ।

त्यहाँ रंगशाला निर्माण गर्ने गरि डीपीआर तयार भएको छ । त्यही अनुसार काम सुरु भएको वडा सदस्य बर्षात भण्डारीले बताए ।‘खासमा विगतमा यो तीन वटा गाउँ–उत्तरकपडादेवी, मोतिपुर, राजापुरको खेल मैदान हो’,उनले भने‘तर, यसलाई त्यतिमा मात्रै सीमित नराखेर रंगाशाला बनाउने सपना अनुसार हामीले काम अघि बढाएका छौं ।’


डीपीआर अनुसार ११ करोड लगानीमा त्यहाँ रंगशाला बन्ने छ । सोही अनुसार आफूहरु निर्वाचित भएदेखि सोही खेल मैदानमा प्रत्येकबर्ष बजेट छुट्याएको सदस्य भण्डारीको भनाई छ ।‘हामी निर्वाचित भएर आएदेखि अहिलेसम्म यही खेल मैदानकालागि करिब ३० लाख खर्च भइसकेको छ’,उनले भने‘बजेटका लागि संघ र प्रदेशमा पनि पहल भइरहेको छ ।’

त्यहाँ डेढ बिघा क्षेत्रफलमा फुटबल खेल मैदान निर्माण हुन लागेको हो । त्यहाँ ‘माटो फिलिङ्ग’को काम भइरहेको छ । ‘ग्राउन्ड’ बनेपछि त्यहाँ तारबार लगाउने काम हुनेछ । त्यहाँको खेलमैदान दशरथ रंगशाला जस्तो बनाउने गरि डीपीआर भएको वडा सदस्य भण्डारीको भनाइ छ । उपमहानगरपालिकालाई स्पोर्ट सीटी घोषणा गरिसकेको भन्दै सोही अनुसार वडामा स्तरीय खेलमैदान हुनु राम्रो कुरा भएको उपमहानगरपालिकाका आर्थिक समिति संयोजक माधव वलीले बताए । साभारःअग्रिम साप्ताहिक

May be an image of 10 people, people standing, outdoors and text