तुलसीपुरका मेयर कार्यभार नदिएर चीन उडेपछि…

दीपक बोहरा
दाङ, ९ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखको कार्यकक्ष केही दिनदेखि सुनसान छ । नगरप्रमुखलाई भेट्न आएका सेवाग्राहीहरु त्यसै फर्किन्छन् । एक जना कर्मचारी नगरप्रमुखको सचिबालयमा हुन्छन् । उनले नै प्रमुख नभएको जवाफ दिन्छन् । त्यो बोहक नगर प्रमुखबाट हुनुपर्ने काम केही हुँदैनन ।

नगर प्रमुख नहुँदा कार्यभार तोकेर जानुपर्छ । तर, अहिले कार्यभार पनि तोकिएको छैन । नगर प्रमुख टिकाराम खड्का ४ बैशाखमा तुलसीपुरबाट काठमाडौ गए । उनी चीन भ्रमणमा जानकालागि सोही दिन काठमाडौं गएका हुन् ।

नगर प्रमुख खड्का १२ गते मात्रै काठमाडौं आइपुग्ने नगर प्रमुख सचिबालय स्रोतले बताएको छ । यसरी हेर्दा नगर प्रमुख ८ दिन कार्यालयमा हुने छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर प्रमुख ७ दिन भन्दा बढि अनुपस्थित हुने भएमा उपप्रमुखलाई कार्यभार दिनुपर्दछ ।

तर, नगर प्रमुख खड्काले उपप्रमुख स्यानी चौधरीलाई कार्यभार नदिएर चिन गए । जसले गर्दा हाल उपमहानगरपालिका प्रमुख विहीन बनेको छ ।“मलाई न त मौखिक जानकारी छ, न त लिखित छ”,चौधरीले भनिन्“कुनै जानकारी नै नभएपछि मैले जिम्मेवारी आफै कसरी सम्हाल्ने, एक पटक मौखिम जानकारी दिएको भएपनि हुने ।”

उपप्रमुख चौधरीका अनुसार नगर प्रमुम ५ बैशाखदेखि कार्यालयमा सहभागि छैनन् । कार्यालयमा सहभागि नहुँदा सेवाग्राही आफूमा ठोक्किन आएपनि जिम्मेवारी नहुँदा अन्यौलमा परेको उनको भनाई छ ।“मलाई केही जिम्मेवारी तोकिएको छैन, उपप्रमुखका हिसाबले आफ्नो जिम्मेवारी पूरा गरेकी छु”,उनले भनिन्“तर, कार्यभार नदिएपछि आफै सम्हालने कुरा पनि भएन ।” विगतमा तुलसीपुरमा उपप्रमुख हुँदा हुँदै वडाध्यक्षलाई जिम्मेवारी दिइएको विषय निकै विवादास्पद हुन्थ्यो ।


तर, अहिले कार्यवहाक नतोकेरै गएपछि उपमहानगरपालिका गैरजिम्मेवार बन्ने गरेको सेवाग्राहीको गुनासो आउने गरेको छ । नगर प्रमुख खड्का ‘चीन–नेपाल एग्रिकल्चरल टेक्नोलोजी’ सेमिनारमा सहभागि हुन चीन पुगेका हुन् । उनीसहित नेपालका केही नगर प्रमुखहरु चीन गएका छन् । यसरी एक हप्ता बाहिर जाँदा प्रशासनिक कानुन र सुशासनको सिद्धान्त अनुसार लिखित रुपमै उपप्रमुख वा उपप्रमुख नभएको सन्दर्भमा कुनै पनि कार्यपालिका सदस्यलाई कार्यभार तोकेर जानुपर्छ ।

यस्तो छ कानुनी ब्यबस्था