दाङको तुलसीपुर स्थित बसपार्कमा सरसफाइ

तुलसीपुर, १७ माघ । दाङको तुलसीपुर बसपार्कमा सरसफाई गरिएको छ ।

विहीबार परमेश्वरको मण्डली विश्व सुसमाचार सामज लुम्बिनी क्षेत्रद्वारा आयोजित ८,४९७ औं विश्वव्यापी बातावरण सरसफाइ कार्यक्रम अन्तर्गत सरसफाई गरिएको हो ।

सरसफाइ कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य बसन्ता केसी, कार्यपालिका न्यायिक समिती सदस्य लालमती भण्डारी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्री, ईलाका प्रहरी कार्यालय प्रहरी नायव निरिक्षक नविन रिजाल,सरोज राइ लगायतको सहभागितामा सरसफाई कार्यक्रम भएको हो ।

सरसफाइ कार्यक्रमको सम्योजक राजकुमार थापा मगरले गरेका थिए ।


तुलसीपुर मण्डली र दाङको घोराही मण्डलीबाट गरी १२० जनाको सहभागीमा सरसफाई गरिएको हो ।

बसपार्कमा अत्याधिक फोहर भएकाले सरसफाई गरिएको हो । यस अघि पनि बिभिन्न स्थानमा मण्डलीले सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।