प्रादेशिक अस्पतालमा ८ वटा अक्सिजन कन्सनट्रेटर र १० वटा सिलिण्डर सहितका सामग्री सहयोग

तुलसीपुर, १७ साउन ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८ वटा अक्सिजन कन्सनट्रेट, १० वडा अक्सिजन सिलिण्डरलगायतका सामग्री सहयोग गरिएको छ । प्रतिमान नीमा मेमोरियल फाउन्डेशनले आईतबार उक्त सामग्री सहयोग गरेको हो ।

साथै अक्सिजन रेगुलेटर १० थान, पीपीई दुई सय सेट, सर्जिकल मास्क १२ सय सेट, सर्जिकल क्याप दुईसय सेट, फेस सिल्ड दुईसय पिस, शुज कभर दुई सय सेट, ग्लोब्स दुईसय सहयोग गरिएको हो । त्यस्तै स्यानीटाईजर एकसय २० लिटर सहयोग गरिएको हो ।


भैरहवामा रहेको उक्त संस्थाले प्रदेशका १२ जिल्लाका १३ वटा अस्पतालमा सहयोग गर्ने योजना अनुसार दाङको प्रादेशिक अस्पतालमा सहयोग गरेको हो ।
प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले उक्त सामग्री दाङका प्रमुख जिल्ला अधिकारी राबहादुर कुरुम्वाङ्लाई हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा कुरुम्वाङ्ले यसरी आबश्यक सामग्री प्रदान गर्नु दाङकालागि ठूलो राहत भएको बताए । त्यस अवसरमा केसीले कोरोना महामारी बढ्न सक्ने भन्दै यो सामग्रीले राहत प्रदान गर्ने अपेक्षा गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमा डा. प्रणय राणाले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण एमटी महतले गरेका थिए ।