लायन्स क्लव अफ दाङको अध्यक्षमा न्यौपाने,लियोमा खड्का

तुलसीपुर
१८ असार / लायन्स क्लव अफ दाङको अध्यक्षमा भोजराज न्यौपानेलाई चयन गरिएको छ । वर्ष २०२२/०२३ को लागि उनलाई अध्यक्षमा चयन गरिएको हो । त्यस्तै क्लवको वरिष्ठ उपाध्यक्षमा लायन भागवत घिमिरे,प्रथम उपाध्यक्षमा बिनिल केसी,द्धितिय उपाध्यक्षमा लोकबहादुर विष्ट,तृतिय उपाध्यक्षमा सीमा गैरे,सचिवमा पूर्णबहादुर भण्डारी,कोषाध्यक्षमा गोरख वली,सहसचिवमा सन्दिप भुसाल,सहकोषाध्यक्षमा कोमल डांगीलाई चयन गरिएको छ ।

उनीहरुलाई शनिवार तुलसीपुरमा एक कार्यक्रमका बिच डिष्ट्रिक ३२५ बि टु एरिया गर्भनर बिनोद कुमार श्रेष्ठले पद हस्तान्तरण गराएका हुन् । क्लवको मेम्वरसिप सियरपर्सनमा सुमन डँंगी,क्लव एलसिआइएफ कोडिनेटरमा केशवराज गिरी,क्लव सर्भिस चियरपर्सनमा पुर्णबिक्रम डांगी,क्लव डाइरेक्टरमा झरेन्द्र खरेल,क्लव मार्केटिङ कम्युनिकेसन चियरपर्सनमा सालिकराम वली, स्पोर्टस् डाइरेक्टरमा हरिष गिरीलाई चयन गरिएको छ ।


लियो क्लव अफ तुलसीपुरको अध्यक्षमा खड्का
त्यस्तै लियो क्लव अफ दाङ तुलसीपुरको वर्ष २०२२/०२३ को अध्यक्षमा निर्मल खड्कालाई चयन गरिएको छ । उनलाई पनि शनिबार एक कार्यक्रमकाबीच पदहस्तान्तरण गरिएको हो । क्लवको प्रथम उपाध्यक्षमा कविता केसी,द्धितिय उपाध्यक्षमा यमकला भुसाल,तितृय उपाध्यक्षमा बिपिन वली,सचिवमा सत्यनारायण चौधरी,कोषाध्यक्षमा सनम लामिछाने, सहसचिवमा यज्ञ खड्का चयन भएका छन ।

त्यस्तै क्लवको सदस्यहरुमा सैलेश डांगी,मदन न्यौपाने,चादनी शर्मा,राजबाबु केसी,सान्त जिसी,धिरज खत्री र दिपा वली चयन भएका हुन ।