घोराही, १४ बैशाख । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले स्थानीयका लागि शेयर विक्रि गर्ने भएको छ । बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि उत्पादन थालेको उद्योगले पहिलो पटक स्थानीयका लागि शेयर विक्रि गर्ने निणर्य गरेको हो ।
आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यावसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले घोराही-४ गोग्लीबाट सिमेन्ट तथा क्लिंकर उद्योगबाट सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । यस उद्योगले आफ्ना उत्पादनहरुको उत्पादनका क्रममा प्रभावितहुने क्षेत्रहरु मध्ये दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९ साथै दाङ जिल्ला, बंगलाचुली गा.पा. वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गा.पा. वडा नं. ३, ४ का बासिन्दाहरुको निमित्त यस साधारण शेयर निष्काशन गरेको जनाएको छ ।
उद्योगले निष्काशन गर्न लागेको ७९ लाख ४३ हजार आठ सय एक कित्ता मध्ये सात लाख ५४ हजार छ सय ६१ कित्ता शेयरहरु स्थानीय बासिन्दाहरुका लागि विक्रि गर्न थालेको हो । कम्पनिले सर्वसाधारणका लागि तोकिएको मुल्य भन्दा ३५ रुपैया छुट गरी अंकित मूल्य एक सय रुपैयामा प्रिमियम बापत तीन सय रुपैया थप गरेर प्रति शेयर चार सयका दरले निष्काशन गर्न लागेको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि साधारण शेयरको बिक्री खुल्ला मिति २०८० साल बैशाख १९ गते देखि छिटोमा जेष्ठ ०२ गते सम्म र ढिलोमा जेठ १७ सम्म जारी गरीएको छ ।
दरखास्तका लागि विवरणपत्र र दरखास्त फारम घोराही उपमहानगरपालिकामा रहेको आफ्ना पाएक पर्ने बैंक तथा वित्तिय संस्थाबाट लिन सकिने कम्पनीले जनाएको छ । नेपालको उद्योगीकरण र व्यापार प्रवद्र्घनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूह बाट प्रबर्धित घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ । हाल कम्पनीले नेपालमा सगरमाथा सिमेन्ट अन्तर्गत क्लिंकर तथा ४३ र ५३ ग्रेडमा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण बजारमा उपलब्ध गराँउदै आईरहेको छ ।
लाइभदाङ । १५ बैशाख २०८०, शुक्रबार ११:१२ बजे