जिल्ला स्तरिय कराते प्रतियोगिता हुने

लक्ष्मण बस्नेत
दाङ, १८ असार  ।

दाङ देउखुरीको लालमटियामा जिल्ला स्तरिय खुला कराते प्रतियोगिता २०७९ हुने भएको छ । नेपाल सितोरियो कराते देउखुरी डोजोको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिता यहि असार २१ गते देखि सुरु हुनेछ ।


दुईदिन सम्म संचालन हुने प्रतियोगिताको कुमुते पुरुष तर्फ ३०,३५,४०,४५,५०,५५ र ६० केजि तौल समुह र कुमुते महिला तर्फ ३०,३५,४०,४५,५० र ५५ केजि तौल समुहमा कडा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला पुरुष एकल कातामा कडा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक याम बहादुर वाग्ले ले जानकारी दिनु भएकोछ ।

जिल्लाका दश पालिका भित्र स्थापित डोजोका खेलाडिहरुको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने डोजो लाई पुरस्कार स्वरुप शिल्ड,कुमुते र कातामा उत्कृष्ट हुने खेलाडिलाई ट्रफी तथा प्रथम, द्वितिय र तृतीय स्थान हात पार्ने खेलाडी लाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।