तुलसीपुर चेम्बरद्वारा बाढीपीडितलाई ५१ हजार बढि सहयोग

तुलसीपुर, १६ भदौ ।
भोटेकोशी बाढी पीडितलाई तुलसीपुर चेम्बर अफ कमर्शले सहयोग गरेको छ । अध्यक्ष ऋषिराज भण्डारीका अनुसार ५१ हजार एक सय ५१ रुपैँया सहयोग गरिएको हो । प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा उक्त रकम दाखिला गरिएको हो ।


समस्या परेको समयमा सबैले सक्दो सहयोग गर्नुपर्ने भन्दै आफूहरुले उक्त रकम सहयोग गरेको अध्यक्ष भण्डारीको भनाई छ । हरेक समस्यामा संस्थाले यसरी नै सहयोग गर्दै आएको समेत अध्यक्ष भण्डारीको भनाई छ ।