दाङमा आज विहान ९ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु

दाङ, २६ भदौ ।
दाङमा आज मध्यराती १२ बजेसम्मलाई कर्फ्युको समय थप भएको छ । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरेर बिहान ९ बजेदेखि राती १२ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार सुरक्षा अवस्था हेरेर फेरि कर्फ्युको समय थप गर्न सकिने छ । उहाँले बिहान ९ बजेसम्मलाई खुल्ला गरिएको बताउनुभयो । कर्फ्युको समयमा सकेसम्म घर बाहिर ननिस्कन अनुरोध गरिएको छ ।