
तुलसीपुर, १० असोज ।
दाङको तुलसीपुर स्थित साहारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पदम कुमार ज्ञवालीलाइ चयन गरिएको छ ।
शनिबार भएको सातौ अधिवेशनले ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा भिमलाल मरासिनी, सचिबमा सालिकराम ओली तथा कोषाध्यक्षमा विश्राम अधिकारीलाई चयन गरिएको छ ।
त्यस्तै तेज बहादुर केसी, आशाकुमारी नेपाली, गिता बिष्ट महातारा, सन्तोश आचार्य, देवकी पौडेल तथा लेखा समिति संयोजक लक्ष्मण पोख्रेल, सदस्यमा शान्ता शर्मा र किरण बिकलाई चयन गरिएको हो ।



लाइभदाङ । १० आश्विन २०८३, शनिबार १५:५३ बजे