
दाङ,१६ असार ।
दाङ भ्याली यातायात प्रा.लिले अटो टेम्पो ब्यवसायी मृगौला पिडित श्रीधर चौधरीलाई आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका-१८ निवासी ४२ बर्षिय चौधरीलाई संस्थाका पदाधिकारी ,कर्मचारी र ब्यवसायीको संयुक्त प्रयासमा १८ हजार १ सय १५ रुपैया सहयोग गरिएको प्रा.लिका अध्यक्ष बेत प्रकाश वलीले जानकारी दिनुभयो ।
बुधवार बिजौरी उद्योग बाणिज्य संघको सभाहलमा एक कार्यक्रम बिच उक्त सहयोग रकम मृगौला पिडित श्रीधर चौधरीलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था समेत कम्जोर भएका चौधरीको दुबै मृगौलामा समस्या देखाएको छ । चौधरीले हप्तामा एक पटक डाईलासिस गराउनुपर्छ । डाईलासिस गराउन नेपालगंज जाने गरेको उहाँको भनाई छ । बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा रहदाँ ६ बर्ष अघि उहाँ मृगौलामा समस्या देखिएको थियो । बैदेशिक रोजगारी बाट फर्केपछि बिगत ४ बर्ष देखि उहाँले अटो टेम्पो ब्यवसाय गर्दै आउनुभएको छ । उहाँको घरमा श्रीमती र दुई छोरा रहेका छन् ।
कार्यक्रममा बोल्दै दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष वलीले पछिल्लो समय मानवता हराउदै गईरहेको अवस्थामा मृगौला पिडितलाई आफ्नो संस्थाले केही सहयोग उपल्ब्ध गराउन पाँउदा खुशी लागेको बताउनुभयो । त्यसतै कार्यक्रममा प्रा.लिका उपाध्यक्ष नहुस कुमार लामिछाने, महासचिव खुम बहादुर वली, अटो ब्यवसायी प्रेम बहादुर वली लगाएत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण प्रा.लिका कार्यालय प्रमुख महेन्द्र महराले गर्नुभएको थियो ।



लाइभदाङ । १६ असार २०७९, बिहीबार ११:३४ बजे