काेराेनाबाट दाङमा एक महिलाकाे मृत्यु

तुलसीपुर, ३० साउन । दाङमा काेराेनाबाट थप एक महिलाकाे मृत्यु भएकाे छ । काेराेना विशेष अस्पताल बेलझुण्डीमा उपचारकाे क्रममा तुलसीपुर उपमहानगरपालिका ६ निवासी ७२ बर्षीया महिलाकाे शनिवार विहान मृत्यु भएकाे हाे ।
अस्पतालका व्यवस्थापक दाेर्ण वलीका अनुसार विहान ४:४० बजे उनकाे मृत्यु भएकाे हाे । ती महिला बुधबार देखि अस्पतालमा उपचाररत थिईन ।
निमाेनिया र स्वासप्रस्वासमा समस्या देखिएकी ती महिला आईसियुमा उपचाररत भईरहेकाे थियाे । बेलझुण्डी अस्पतालमा हाल ९ जना सक्रमितकाे आईसियुमा उपचार भईरहेकाे छ ।