दाङ क्षेत्र नं.२ मा शंकर पोखरेललाई हराउँदै रास्वपाका आचार्य फराकिलो मतान्तरले विजयी

दाङ, २३ फागुन ।
दाङ क्षेत्र नं.२ बाट एमाले महासचिब शंकर पोखरेललाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्य विजयी भएका छन् । आचार्यले २८ हजार दुईसय ७५ मतान्तरले महासचिब पोखरेललाई हराएका  हुन ।


आचार्यले ४३ हजार पाँचसय ७५ मत ल्याएका छन्, भने पोखरेलले १५ हजार २ सय ८२ मत मत ल्याएका छन् । त्यस्तै काँग्रेसका किरण किशोर घिमिरेले ११ हजार २ सय ७७ मत, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८१ मत ल्याएका छन् ।