काँग्रेसको गढ भत्काउदै तुलसीपुर–१० मा एमालेको सानदार जित

तुलसीपुर, ८ जेठ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा नेकपा एमालेका यमराज केसी विजयी भएका छन । वडामा सानदार मतका साथ प्यानल विजयी भएको हो । महिला सदस्य भगवती धिताल,दलित महिला सदस्य सरु सुनार,खुल्ला सदस्यहरु ज्ञान बहादुर खड्का,सिशोर वियोग चौधरि विजयी भएका हुन । यद्यपि निर्वाचन कार्यालयले घोषणा गर्न बाकि छ ।


काँग्रेसको गढका रुपमा चिनिने वडामा एमालेले विरासत भत्काउन सफल भएको छ । यो वडा काँग्रेसका क्षेत्र नम्बर ३ का सभापति जगत खड्काको वडा हो । गठबन्धनका उम्मेदवार ध्रुव शाहलाई एमालेका केसीले सुरु देखि नै पछाडि पार्दै १८७९ मतका साथ विजयी भएका हुन । शाहले १०२३ मत ल्याएका थिए ।