दाङमा २० संक्रमित थपिए

दाङ
२९ साउन / दाङमा शुक्रबार थप २० कोरोना संक्रमित थपिएका छन् ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५२ जनाको स्वाब परीक्षण गर्दा १० पुरुष र १० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।


जसमा घोराहीका ९, लमहीका ४ , तुलसीपुरका ३ , बबईका २ , शान्तिनगर र बंगलाचुलीका एक÷१ जनामा रहेका छन् । हाल जिल्लामा १ सय ४४ संक्रिय संक्रमित छन् ।

आज घोराहीका २८, लमहीका ३, तुलसीपुरका २ गरि ३३ जना कोरोना मुक्त भएका छन् ।