
काठमाडौं,९ चैत ।
सोमबार देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
सोमबार राति देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लाइभदाङ । ९ चैत्र २०८२, सोमबार ०६:३७ बजे