दाङमा एक युवक मृत अवस्थामा फेला

दाङ,११असार ।

दाङमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।


प्रहरीका अनुसार राजपुर गाउँपालिका–२ गैरा बस्ने २५ वर्षीय राजेश चौधरी आफ्नै घर नजिकै सडकको सुक्खा नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।