तुलसीपुर चेम्बर अफ कमर्सको अध्यक्षमा भण्डारी

दाङ, १३ साउन ।
तुलसीपुर चेम्बर अफ कमर्सको अध्यक्षमा ऋषिराज भण्डारी चयन भएका छन् ।

बरिष्ठ उपाध्यक्ष संतोष खड्का, उपाध्यक्ष मंजित पुन, महासचिव दुर्गाप्रसाद शर्मा , कोषाअध्यक्ष लोकेन्द्र वली , सचिव सन्तोष थापा , सह–कोषाअध्यक्ष देब बहादुर पाण्डे लगाएत चयन भएका छन् ।


सदस्यहरूमा गणेश कुमार न्युरे, तस्बर अली, रमेश बुढाथोकी, भिमी डाँगी, विनोद पन्त, चक्र नेपाली, दरिभान डाँगी, भीमबहादुर केसी र जोगेन्द्र नेपाली चयन भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बीचमा भएको छलफल पछि भण्डारीको नेतृत्वमा सहमति चयन भएको हो ।

शनिबार चेम्बरको तेस्रो साधारणसभा तथा दोस्रो नगर अधिवसेनबाट सर्वसम्मत रुपमा समिति चयन हुन नसकेपछि आइतबार बसेको तीनदलीय समितिले टुङ्गो लगाएको हो ।