दाङ, ३० कात्तिक । दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका – ५ निवासी ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभएको छ । दुर्घटनामा परी घाइते भएकी बुढालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।
उहाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो बुधवार दिउँसो बंगलाचुली– ५ को गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
लाइभदाङ । ३० कार्तिक २०८०, बिहीबार २०:११ बजे