दंगीशरणमा जेहन्दार तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दंगीशरण, ६ असार ।
दंगीशरण गाउँपालिका वडा नम्बर ३ ले अफ्नो वडाभित्रका सामुदायिक विद्यालयका जेहन्दार तथा बिपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । वडाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी ३४ जना छात्र/छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

शिक्षण सिकाइका क्रममा विद्यार्थीहरुलाई पठन पाठन गर्न समस्या हुने गरेको भन्ने गुणासो पछि शिक्षण सिकाइ गर्न सजिलो होस भन्ने उदेश्यका साथ बाल विकास देखी कक्षा ५ सम्मका जेहेन्दार तथा बिपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण गरीएको वडा न.३ का वडा अध्यक्ष शुकलाल चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले हुनेखानेले मात्र राम्रो शैक्षिक सामाग्री सहित पठन पाठन गर्न पाउने अवस्थाको अन्त्यका लागी गम्भिर रहेको बताउनुभयो । सस्थागत विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तरीयतामा बढाउन आफु छुट्टै भिजनका साथ अगाडी बढिरहेको बताउनुभयो ।


यस्तै शैक्षिक सामाग्री वितरण गर्दै जिल्ला समन्वय सदस्य टोपाराम चौधरीले पहिलेको शिक्षाको अवस्थाको स्मरण गर्दै अहिलेका विद्यार्थी धेरै भाग्यमानि भएको उल्लेख गर्नुभयो । वडाले आर्थिक बर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार हिउदे अधिबेशनबाट विनियोजित गरी बालबालिकाको क्षेत्रमा खर्च गरेको हो ।

वडाले वालविकासका विद्यार्थीलाई खेलाउने सामाग्री सहित ज्ञान प्रदान गर्न र कक्षा ५ सम्मका प्रथम, द्द्तिय,र तृतीय हुने विद्यार्थीको हौसला प्रदान गर्न शैक्षिक सामाग्रीको वितरण गरेको थियो । वडा न.३ का सचिब भक्तीराम पाण्डेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा न.३ का वडा सदस्य लक्ष्मणदास चौधरीले गर्नुभएको थियो ।