तुलसीपुर कारागारको जग्गामा मोही दावी

अन्जना बिश्वकर्मा

दाङ, ९ असार ।

दाङको तुलसीपुर कारागारको जग्गामा मोही दावी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित कारागार कार्यालय भवन निर्माण भएको जग्गामा आफ्नो मोही हक भएको तुलसीपुर ३ निवासी लोकमणी पाण्डेले बताए । उनका अनुसार वुवाको नाममा मोही हक भएको र त्यो जग्गामा आफूले मोही हक पाउनु पर्ने बताए ।

त्यहाँको ११ कठ्ठा जग्गा अहिले कारागार कार्यालयको भवन बनेको छ । त्यो जग्गा इन्द्रबहादुर खत्रीको हो । उनले कारागारलाई त्यो जग्गा उपलब्ध गराएका थिए । त्यो जग्गामा इन्द्रबहादुर खत्रीसहित केही ब्यक्तीले त्यहाँ आफ्नो मोही हक भएको दावी गर्दै आएका छन् । उनीहरुले आफ्नो प्रमाणपत्र लिएर कहिले भूमि सुधार कार्यालय त कहिल्यै अदालत पुग्ने गरेक छन् ।‘कारागारको जग्गामा हाम्रो मोही हक छ, हामीसंग प्रमाणपत्र पनि छ’,उनले भने‘ त्यही अनुसार हामी लामो समयदेखि मुद्दा लडिरहेका छौं, तर, हामीले न्याय पाएका छैनौं ।’


त्यहाँको कित्ता नंं. २३८ मा आफ्नो मोही हक भएको उनी बताउछन् । तर, उनीहरुले आफूहरुलाई जानकारी नदिई जग्गा हस्तान्तरण गरेको र त्यो जग्गा आफूहरुले पाउनु पर्ने उनीहरुले बताएका छन् । अहिले उनीहरुले दायर गरेको मुद्दा भूमि सुधार तथा मालपोत कार्यालय दाङमा विचाराधिन अबस्थाम छ । २०७३ सालमा उनीहरुले उजुरी दिएका हुन् ।

चार बर्षदेखि उनीहरुले तारेख बोकिरहेका छन् । तर, अहिलेसम्म पनि न्याय नपाएको उनीहरुको गुनासो छ । २०२६ सालमा उनीहरुको मोही दर्ता भएको प्रमाण पत्रमा उल्लेख छ । तर, २०२७ देखि सम्बन्धित साहुले त्यो जग्गा जोतभोग गर्न नपाउने भन्दै हटाएका थिए ।

त्यसपछि आफूहरुलाई जानकारी नदिई त्यो जग्गा बेचेको उनको आरोप छ । उनीहरुले मुद्दा लड्दा खेरि नै जग्गा बेचेर १३ लाख सकिएको बताएका छन् । मालपोत कार्यालय तुलसीपुरमा हेर्दा भने उक्त जग्गामा मोही देखिएको छैन । साभारःअग्रिम साप्ताहिक

May be an image of outdoors