तुलसीपुरमा खुल्ला रक्तदान

तुलसीपुर, १४ कात्तिक ।
दाङमा देखिएको रगत अभाबपूर्ति गर्न सामाजिक संघसंस्थाहरु सक्रिय बनेका छन् । अप्टिमिष्ट क्लब अफ तुलसीपुर, तुलसीपुर नगर जेसिज र लाइन्स क्लब अफ तुलसीपुर इशानको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दाङको प्राबिधिकि सहयोग एवं ग्रेट अरनीको मावि तुलसीपुरको प्रायोजनमा शनिबार तुलसीपुरमा खुल्ला रक्तदान भएको थियो । जसबाट १६ जनाले रक्तदान गरेका थिए ।

त्यस अवसरमा तुलसीपुर ५ का वडाध्यक्ष विरेन्द्र शाहले चाडपर्वको समयमा रगत अभाब देखिने गरेको र दाताहरु न्यून हुँदा समस्या भोग्नु परेको बताए । यस्तो बेला सबैले रक्तादान गर्नुपर्ने समेत बताए ।

त्यस्तै ग्रेट अरनीको माविका अध्यक्ष तथा अप्टिमिष्ट क्लब इन्टरनेश्नलका लेफ्टिनेन्ट गर्भनर मानबहादुर बस्नेतले अभाबको बेला सबैले हातेमालो गर्नुपर्ने बताए । उनले रगतदान गर्दा कसैको जीवन बाँच्न सक्ने भन्दै यसमा सबै क्षेत्र सक्रिय हुनुपर्ने कुराका सन्देश दिन यस्तो कार्य गरिएको बताए ।


दाङको तुलसीपुर, घोराही र लमहीको रक्तसञ्चार केन्द्रमा हाल रगत अभाब रहेको रेडक्रस दाङका सदस्य भिमलाल मरासिनीले बताए । तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलप्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ग्रेट अरनीकोका प्रिन्सिपल विष्णुप्रसाद देवकोटालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

लाइन्स क्लब अफ तुलसीपुर इशानका अध्यक्ष दिपक केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण जेसिज तुलसीपुरका महासचिब झग्गु सापकोटाले गरेका थिए ।