
तुलसीपुर, १४ कात्तिक ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रका युवाहरूलाई संगठित गर्दै सामाजिक गतिविधिहरूलाई तीव्रता दिने उद्देश्यका साथ ‘कन्सस सर्कल’ युवा समिति गठन गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रका युवाहरूलाई संगठित गर्दै सामाजिक गतिविधिहरूलाई तीव्रता दिने उद्देश्यका साथ ‘कन्सस सर्कल’ युवा समिति गठन गरिएको छ।
समाजसेवी तथा युवा अभियान्ता हरिश गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दिनेश सिंह नेपालीको संयोजकत्वमा २५ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा चयन गरेको हो। जसको सह-संयोजकहरूमा अविना गिरी, रोशना बस्नेत, सिम्रन विक, सुनिल परियार र समिता मिया चयन भएका छन् । यस्तै, भेलामा उपस्थित अन्य युवाहरूलाई समितिको सदस्यका रूपमा जिम्मेवारी दिइएको छ।
समितिलाई थप मार्गदर्शन र सल्लाह प्रदान गर्नका लागि अभियान्ता हरिश गिरी, प्रेरणा बिक र विशाल वली रहेको सल्लाहकार समितिसमेत चयन गरिएको छ। युवाहरूको एकता, सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै गठन गरिएको यस समितिले आगामी दिनमा तुलसीपुर क्षेत्रमा युवामैत्री, चेतनामूलक तथा रचनात्मक सामाजिक अभियानहरू सञ्चालन गर्ने संयोजक दिनेश सिंह नेपालीले जानकारी दिए ।
समितिले संस्थालाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन कार्यविभाजन गरी छिट्टै आफ्ना गतिविधिहरू सुरु गर्ने तयारी गरेको छ।



लाइभदाङ । १५ कार्तिक २०८३, शनिबार २१:०९ बजे