
तुलसीुपर, ६ जेठ । नेकपा एमालेका महासचिब शंकर पोखरेलले चालु बर्ष भित्रै घोराही तुलसीपुरको चारलेनको काम सुरु हुने बताएका छन् ।
विजौरी–कोठेरी सडकको सिलन्यास गर्दै मंगलबार महासचिब पोख्रेलले चारलेन सडकको ठेक्का बिश्लेशनको तहमा प्र्रवेश गरेको बताएका छन् ।“ ठेक्का विश्लशेनको तहमा प्रवेश गरिहेको छ ।
छनोट चरणमा छ”,उनले भने“धेरै विलम्ब भयो भने केही महिना भित्र हामी कुन ठेकेदारले ठेक्का प्राप्त गर्ने भन्ने निष्कर्षमा पुग्ने छौं । यही आर्थिक आर्थिक बर्षमा काम सुरु हुने गरि प्रक्रिया अघि बढेको जानकारी गराउन चहान्छु ।”



लाइभदाङ । ७ जेष्ठ २०८२, मंगलवार १९:०७ बजे