तुलसीपुरमा सुस्त मनस्थिति भएकी बालिका माथि बलात्कार

दाङ  ४ असार।

तुलसीपुरमा एक युवती सामूहिक बलात्कारमा परेकी छन् । तुलसी उपमहानगरपालिका-५ न्युरोडकी २५ वर्षिया एक युवतीलाई तीनजना युवकले बिहिबार राति सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


बलात्कारमा संलग्न मध्ये तुलसीपुर-५ बगरपुरका २९ वर्षीय शंकर विकलाई बसपार्क प्रहरीचौकीले नियन्त्रणमा लिएर इलाका प्रहरीका बुझाएको छ । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर ९ का अर्जुन विक र कान्छी परियार फरार छन् ।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत युवती सुस्त मनस्थितीकी छन् । ती युवतीलाई ललाइफकाइ गरेर तुलसीपुर-९ दोघरेस्थित सशस्त्र प्रहरीको बेसक्याम्प नजिकै बन्दै गरेको घरमा बलात्कार गरिएको प्रहरी जानकारी दिएको छ । बलात्कार भएको स्थल सशस्त्र बेसक्याम्पबाट बढीमा तीनसय मिटरको दुरीमा छ ।