रोल्पामा आफनै छोराले गरे बुवाको हत्या

रोल्पा, २१ कात्तिक ।
रोल्पामा आफनै छोराले बुवाको हत्या गरेका छन । जिल्लाको त्रिबेणि गाउपालिका ४ पोखरी निवासी २३ वर्षीय सन्दिप घर्तिले काठको पिर्काले टाउकोमा प्रहार गर्दा उहाका बुवा ५४ बर्षिय मानसिंह घर्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।


प्रहरीका अनुसार सोमबार बिहान ९ बजेको समयमा दुबैजनाले मादक पदार्थ सेवन गरेर घरायसी बिवाद हुदा छोरा संदिपले पिर्काले हिर्काउदा बुबाको मृत्यु भएको हो । पिर्का प्रहार गर्ने सन्दिपलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बारेमा आवस्यक अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।