अपाङ्ग महासंघ लुम्बिनीका पदाधिकारीलाई बधाई तथा सम्मान

बसन्ती वली
तुलसीपुर,२ असार । दाङको तुलसीपुरमा राष्ट्रिय अपांग महासंघ लुम्बिनीका नबनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरिएको छ । विहीबार एक कार्यक्रमकाबीच तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
राप्ति बहिरा संघ दाङको आयोजना र तुलसीपुर अपांगता नगर सञ्जाल एवं शान्तिनगर अपङ्गता सञ्जालको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । नगर सञ्जाल तुलसीपुरका संयोजक तिलसरा पुनको अध्यक्षता तथा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार प्रतिमा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको हो ।

त्यस अवसरमा प्रदेश उपाध्यक्ष देबा डांगी, कोषाध्यक्ष अजयकुमार शर्मा, प्रदेश सदस्य ज्ञानु खड्का, रामबहादुर खड्का, जनजाति सदस्य राम शंकर यादवलाई बधाइ तथा सम्मान गरिएको हो ।

शान्तिनगर अपङ्ग सञ्जालका संयोजक निमबहादुर नेपालीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण तथा बिषय बस्तुको प्रकाश बसन्ती वलीले गरेकी थिइन् ।


त्यस्तै तुलसीपुर र शान्तिनगरमा अपांगमैत्री बजेट विनियोजन गराउन अपांगता सञ्जालका पदाधिकारीहरुको संयुक्त बैठक भएको छ ।

No description available.