
तुलसीपुर, ५ माघ । नेपाली कम्युनिष्ट पार्टी निकट दाङ–रुकुमपश्चिम सम्पर्क समितिको संयोजकमा भिमबहादुर खत्रीलाई चयन गरिएको छ ।
शनिबार तुलसीपुरमा भएको भेलाले तुलसीपुर ५ निवासी खत्रीलाई संयोजक तथा शान्तिनगरका विरेन्द्र जैसीलाई सहसंयोजक बनाएको छ ।
त्यस्तै सदस्यहरुमा कृष्ण खड्का,धनबहादुर नकाल,लोकबहादुर ददेल,चेतना बाँठा,हेमन्त शर्मा,टिकाराम दाहाल,जनक पुन, गोविन्द मल्ललाई चयन गरिएको छ ।
त्यस्तै भेलाले सल्लाहकारहरुमा देवराज मल्ल,विकास मल्ल, लोकबहादुर विसी, माया पुन, दुर्गा शर्मा,धनबहादुर बुढा र दीपक बोहरालाई चयन गरिएको छ । रुकुम घरभई दाङमा बसोबास गर्दैै आएकाहरुको कमिटि निर्माण भएको हो ।



लाइभदाङ । ६ माघ २०८२, सोमबार २१:५८ बजे