लोककुमारीको स्मृतिमा रक्तदान

तुलसीपुर
२२ साउन / लोककुमारी रिजालको स्मृतिमा रक्तदान गरिएको छ । रिजालका छोरा प्रेस संगठनका नेता अजयदीप शर्मा र जनक नेपालीले रक्तदान गरेका हुन् ।

पाँचौ स्मृति दिवसको अवसरमा आईतबार रक्तदान गरिएको हो । “म मा आमाको रगत छ, त्यो रगत दान गरेमा कसैको ज्यान बच्न सक्छ”, शर्माले भने“त्यसैले आज मैले आमाको स्मृतिमा रक्तदान गरेँ ।”


यसैबीच संगठनको दाङ शाखाले प्रत्येक साउन २४ गते रिजालको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्दै आएको भएपनि यस बर्ष कोरोनाको कारणले कार्यक्रम गर्न नसकिएको अध्यक्ष प्रकाश चौधरीले बताए ।

रिजालको नाममा स्थापना गरिएका पुरस्कार समेत सहज परिस्थितिमा प्रदान गरिने उनले जानकारी दिए । साथै आमाको स्मृद्धिमा रक्तदान गर्नुहुँदै दुबैजनालाई अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गरेका थिए ।