निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतादन स्थलका बारेमा संबाद गरिनुपर्छ

सुशील बस्नेत
दाङ,२ असार ।

स्थानीय तह निर्वाचन २०७९को समिक्षा बिहीबार दाङमा गरिएको छ । संबाद समूह दाङले आयोजना गरेको बैशाख ३० गते सम्पन्न निर्वाचनका लागि निर्वाचन अघि,मतदान अबधि र मतदान देखि घोषणा सम्मको समयको समिक्षा गरिएको संबाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचनसँग सम्बन्धित बिभिन्न पक्षहरुको सहभागिता रहेको समिक्षा कार्यक्रममा नागरिकको तर्फबाट सहभागि नागरिक समाज दाङका संयोजक केबि मसालले मतदान केन्द्र छनौटलाई अवका दिनमा ध्यान दिनुपर्ने सुझाब दिनुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बिगतका भन्दा नागरिकको चेतनामा बिकास भएको भएपनि यसपटकको अबस्था बिश्लेषण गर्दा फरक पाइएएको बताउनुभयो । दुर्गम स्थानका मतदान केन्द्रको मतपत्र कम बदर तर सुगम र शहर बजार क्षेत्रमा मतपत्र बढि बदर हुनुको कारणको खोजी गर्नुपर्ने केसीले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा परिवेक्षणमा खटिएका नियोकका मोहन प्रसाद धितालले मतदान स्थल तोक्दा हरेक दुष्टिकोणले सुरक्षित हुनुपर्ने बताउनुभयो । मौसम प्रतिकुलताका हुदा वखत होस् अथवा सुरक्षा वा अपाङ तथा जेष्ठ नागरिकको सहज पहुँच हुनुपर्नेमा धितालको सुझाब थियो । यसपालिको स्थानीय तह निर्वाचनमा यी कुरालाई ध्यान दिन सकेको भए अझ राम्रो हुने थियो,धितालले बताउनुभयो । ईन्सेकको तर्फबाट निर्वाचन परिवेक्षणमा खटिएकी अधिकारकर्मी लक्ष्मि आचार्यले मतपत्र छपाईमा ध्यान दिन सुझाब दिनुभयो । मतपत्र ठुलो आकार र अन्यौल हुने खालको भएका कारण मतदाता झुकिएको बताउनुभयो ।


उहाँले सुझाब दिदै भन्नुभयो,मतदान स्थलमा मतदाताको सहजताका लागि टाङगीएका मतदाता नम्वर र नामको अल्फाबेट समेत मेटि सकेका,झुत्रो अबस्थामा रहेका र मतदाता नम्वर नमिल्ने अबस्थामा रहेको थिए । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मतदान स्थल र मतगणना स्थलमा राजनीतिक दल बिच आ-आफ्नै सहजतामा जोड दिने भएकाले पनि कहि कतै यसपटकको निर्वाचनमा त्रुटि हुन गएको हुन सक्ने बताउनुभयो । यस किसीमका त्रुतिलाई सुधार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले आश्र्चय प्रकट गर्दै भन्नुभयो, गाँउ-गाँउका मतदान स्थलका मतपत्र कम बदर हुनु तर बजार तथा शहरी क्षेत्रमा मतपत्र बढि बदर हुनु ।

प्रदेश निर्वाचन कार्यालय घोराहीका प्रमुख नारायण भण्डारीले अपाङगता तथा जेष्ठ नागरिकलाई लाईनमा बस्नु नपर्ने र उनीहरुका लागि मतदानका लागि बिशेष सहुलियतको ब्यबस्था गर्न सबै मतदान अधिकृतहरुलाई जानकारी गराईएको भएपनि कतै त्रुटि भए आगामी दिनमा सुधार गर्ने बताउनुभयो । यसपटकको अनभवले मतगणना सबैभन्दा झन्झटिलो भएकाले अव ईलेक्ट्रीक भोटिङ मेसिनको प्रयोग गर्ने नीतिको ब्यबस्था गरि लागु गर्नुपर्ने बताउनुभयो । यसका लागि सबै क्षेत्रबाट सम्बन्धि निकायमा ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संबादका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले संबादका सम्बन्धमा जानकारी र संबाद समूहका सदस्य सुशीला पौडेल, शिल्पा चौधरी, जानका रेग्मी लगायतले बिभिन्न सुझाब दिनुभएको थियो । सहजकर्ता सुष्मा गिरीले सहजीकरण गर्नुभएको कार्यक्रममा ,संबादका सदस्य निर्मल नेपालीले स्थानीय तह निर्वाचन अघि गरिएका क्रियाकलापको बारेमा प्रस्तुत गर्नुभएको थियो ।