राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकेट र जनरल बेड निःशुल्क हुने

तुलसीपुर
१ असार / दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा ओ.पी.डी. टिकट र जनरल बेड निःशुल्क गहुने भएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९÷०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा यो सेवाकालागि १ करोड ५० लाख बजेट बिनियोजन भएको छ ।